शिक्षाका लागि दुई दिने टेष्ट ड्राईभिङ नेपालगंजमा शुरु

मधु पौडेल ,
बाँक,माघ २ –शिक्षाका लागि दुई दिने टेष्ट ड्राईभिङ  नेपालगंजमा शुरु भएको छ । आज  र भोली  टाटा मोर्टस कम्पनीको आयोजनमा नेपालगंजको जय बागेश्वरी माविमा टेष्ट ड्राईभिङ भएको  हो । शिक्षाको उज्यालो ज्योती बाट बञ्चित हुने पुगेका गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई पढाईमा सहयोग लागी यो अभियान गर्न लागीएको हो ।

शिक्षाको लागि टेष्ट ड्राईभिङ अभियान प्रथम चरणमा काठमाडौ का दश विद्यालयमा ,दोस्रो चरणमा पुर्वमा विर्तामोड ,धरान ,विराटनगर ,विरगंज,हेटौडा , चितवन  र तेस्रो चरणमा पोखरा ,धनगढी र आज नेपालगंजको जेवि माविमा भएको छ ।यस पछि बुटवलमा गरीने  टाटा मोटरसका म्यानेजर शुशिल धिमालले बिहानी अनलाईनलाई बताउनुभयो ।

उहाँका अनुसार ९० दिनको अभियानमा अहिले सम्म १०, ००० अभिभावकहरुले सहभागी जनाएको बताउनुभयो ।उहाँका अनुसार यस अभियानमा जुन विद्यालयमा टेष्ट ड्राईभिङ गरीन्छ त्यस विद्यालयमा टेष्ट ड्राईभिङ गरे पछि  प्रत्येक ड्रईभिङ वापत रु पाँच सय प्राप्त गर्ने  र उक्त रकम विद्यालयले शिक्षामा खर्च गर्नु पर्ने हुन्छ त्यसको लागि अभिभावकहरुले अनुगमन गर्न सक्ने  धिमालले बताउनु भयो ।

  शिक्षाका लागि दुई दिने टेष्ट ड्राईभिङ  नेपालगंजमा शुरुयसैगरी जेवि मावि का विद्यालय कार्यक्रम संयोजक सानु मोन्सले जति बढि अभिभावकले टेष्ट ड्रइभिङमा भाग लिन्छन त्यति नै पाच सयका दरले रकम जम्मा हुदै जाने तथा उक्त टेष्ट ड्रईभिङ अभियानमा भाग लिनका लागि त्यहि विद्यालयमा पढ्ने विद्यार्थीहरुको अभिभावक अनिवार्य हुने पर्ने बताउनु भयो ।

विगतमा जय बागेश्वरी ले आफ्नो विद्यालयमा विद्यार्थी तथा अभिभावकका लागि भनेर विभिन्न कार्यक्रम ल्याउदै गरेको भए पनि यो कार्यक्रमबाट उठेको पैसा गरीव तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षाको लागि खर्चिने मोन्सले बताउनुभयो । उहाँका अनुसार कोही अभिभावक छुटेमा अभिभावको सुविधालाई ध्यानमा राखी भोली पनि टेष्ट ड्राईभिङ अभियान सञ्चालन हुने जानकारी दिनुभएको छ ।