बाँकेमा २२ वटा सरकारी भवन पुन: निर्माण

मधु पौडेल ,
बाँक,माघ २- बाँकेमा शान्ति तथा पुननिर्माण मन्त्रालयद्धारा २२ वटा सरकारी भवन पुन : निर्माण भएका छन ।नेपालगंज उप महानगरपालिका मा ११ , कोहलपुर नगरपालिकामा २   र बाके जिल्लाका अन्य गाविसहरुमा ९ गरी २२ वटा सरकारी भवनहरु पुनः निर्माण भएका छन् ।

शान्ति तथा पुुन निर्माण मंन्त्री सिता देवी यादवले आज बाँकेका काग्रेस पार्टीका नेता तथा कार्यकर्तासंगको छलफलमा उक्त कुरा बताउनु भएको हो । उक्त छलफल कार्यक्रममा विभिन्न नेता तथा कार्यक्रताहरुले  मंन्त्री यादव सामु गुनासाहरु राखेका थिए ।

छलफल कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुले  शान्ति तथा पुनः निर्माण मन्त्री भए पनि  द्धन्द्धपिडितहरुले कुनै पनि प्रकारको क्षतिपुर्ती नपाएको बताएका थिए ।

मन्त्री यादवकले आफ्नो मन्त्रालयबाट धेरै काम हरु गर्न नपाए पनि केही कामहरु भएको दावी गर्नु भएको थियो । उहाँले आफ्ना कार्यकर्ताहरुको गुनासोलाई सकारात्मक ढंगले लिएको र सुनुवाईका लागि आफूले विशेष पहल गर्ने प्रतीबद्धता जनाउनुभयो ।