आठौँ राष्ट्रिय खेलकुदको लागि खजुरामा वृहत छलफल

नेपालगन्ज,चैत्र,१८-
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भब्य र सभ्य बनाउन जनप्रतिनिधि, विभिन्न संघसंस्था, राजनीतिक दल, पूर्व खेलाडी, नागरिक समाजका अगुवा, संचारकर्मी लगायतसँगको छलफललाई तीव्र पारेका छन् ।

५ बैशाख, २०७६ मा उद्घाटन र ११ बैशाखमा समापन विभिन्न निकायगर्ने मिति तय भएपछि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले विभिन्न निकायसँगको छलफललाई तीव्र पारेका हुन् ।

 

प्रतियोगिता हुने स्थलको निरीक्षण गरि आवश्यक पूर्वाधारको ब्यवस्था गर्न आवश्यक निर्देशन दिँदै आएका छन् । उनले खजुरा क्षेत्रमा आयोजना हुने प्रतियोगिता स्थलको सोमवार निरीक्षण गर्नुका साथै खजुरा गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेका छन् ।

सो अवसरमा उनले खजुरा गाउँपालिकामा हुने प्रतियोगिता र स्थानको जनप्रतिनिधिलाई जानकारी गराए । उनले आठौँ राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण जनप्रतिनिधिले अफनत्व लिनुपर्ने बताए । ‘प्रतियोगिता हाम्रो पनि हो भनेर ग्रहण गरेमात्र सफल हुने छ,’ उनले भने, ‘प्रतियोगितालाई सफल बनाउने नबनाउने हात जनप्रतिनिधिको हातमा छ ।’

छलफल कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले देशभरका खेलाडिलाई स्वागत गर्न गाउँपालिका आत्तुर रहेको बताए । उनले खजुरामा हुने प्रतियोगितालाई सफल बनाउन जस्तोसुकै कदम उठाउन तयार रहेको बताए । ‘यसलाई हामीले अवसरका रुपमा लिएका छौँ, प्रतियोगितामा कुनै कमी आउन दिने छैनौँ,’ उनले भने ।

मध्यश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नंं. ५ का अध्यक्ष भीम ओलीले खजुरा क्षेत्र खेलाडी जन्माउने ठाउँ भएको बताउँदै आठौँ प्रतियोगितालाई सफल बनाउन सहयोगी भूमिका खेल्न आग्रह गरे ।

‘खजुराको इज्जत जोगाउने मौका यहि हो,’ उनले भने । खजुरामा आठौँ राष्ट्रिय खेलकुदमा नेपाल र भारतको राष्ट्रिय खेल भलिवल, हक्की तथा बक्सिङ हुने भएको छ ।