अफगानिस्तानमा शान्ति,सुरक्षा र अमनचयन सुनिश्चित गर्न नेपालको आग्रह

काठमाडौं,भदौ,१-सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयनको सुनिश्चित गर्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति निकालेर सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको सुनिश्चित गर्न आग्रह गरेको हो ।

नेपालले अफगानिस्तान छाड्न चाहनेहरूलाई सडक मार्ग तथा हवाई मार्ग प्रयोग र सीमा पार गर्न दिन आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा शान्ति र स्थिरता कायम भएको देख्न चाहेको पनि उल्लेख छ ।