मनोनयन दर्ता भएका २२ क्याम्पसमा चुनाव हुन्छ : शिक्षाध्यक्ष सुधा त्रिपाठी

काठमाडौं,फागुन, १७ -शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीले स्ववियु चुनाव स्थगित नहुने बताउनु भएको छ । त्रिवि अन्तरगत ६० आंगिक क्याम्पसमध्ये २२ वटामा मात्रै मनोनयन दर्ता भएका छन् । र, ती क्याम्पसहरुमा भोली बुधबार स्ववियु चुनाव हुन्छ ।

आइतबारसम्म २४ वटा क्याम्पसमा मनोनयन दर्ता भएकोमा गोरखा क्याम्पस र काठमाडौंको जनप्रशासनमा तालाबन्दी भएको छ । यसले गर्दा २२ क्याम्पसमा मात्रै चुनाव हुन लागेको छ । विद्यार्थीहरुवीच आपसी किचलोका कारण विद्यार्थी संगठनहरु अराजक बन्दै जान थालेको आजको राजधानी दैनिकले यो समाचार लेखेको छ ।