नेपालगंजमा भएको चौथो म्याराथान दौडको उपाधी नेपाल प्रहरीका राईलाई

नेपालगन्ज,मंसिर,८-
क्रियटिभ हेन्ड्सद्वारा सञ्चालन गरेको नेपालगन्ज चौथो म्याराथन नेपाल प्रहरीका भुमि राज राईले उपाधि चुमेका छन् ।अाज बाँकेको नेपालगन्जको नेपालगन्ज उपमहानगरपालिका अगाडि बि-पी- चोकबाट सुरु भएको म्याराथन कोहलपुरको कौशिलानगर सम्मको यात्रा तय गरिएको थियो ।

कुल ४२-१९५ को दुरी नेपाल प्रहरीका भुमि राज राईले २ घण्टा ३२ मिनेट ३० सेकेन्डमा पुरा गरेका थिए । त्यसै गरी दोस्रो स्थानमा सशस्त्र प्रहरीका खिम बहादुर खत्री , तेस्रो स्थानमा गणेश सिंह ठकुरी अाएका थिए । महिला हाफ म्याराथनमा सशस्त्र प्रहरीका एपिएफ क्लबका कान्छीमाया कोजु, वृन्दा श्रेष्ठ , कृण्णाश्वरी सिन्तकलाले क्रमश प्रथम , द्वितीय र तृतीयको उपाधि जितेका छन् ।

त्यसैगरी ५ किलोमिटर म्याराथनमा छात्रा तर्फ प्रथम मंगला बुढा, दोस्रो अनिशा चौधरी र तेस्रो सुमित्रा चौधरी भएका थिए । छात्र तर्फ नरेश बुढा, माधब चौधरी , सन्तोष नाथ योगी क्रमश प्रथम, द्वितीय र तृतीय अाएका छन् ।

उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद, नेपालगन्ज उपमहानगरपालिका मेयर , उपमेयर, प्रमुख जिल्ला अधिकारी , प्रहरी उपरीक्षक , पत्रकार, बिभिन्न संघ सस्थाका व्यक्तिहरु, नेपालगन्ज साईक्लिङ्ग क्लब , स्कुल कलेजका विद्यार्थीहरु, सुरक्षा कर्मी लगायतका को बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बाजागाजा सहित झागी पनि निकालीएको थियोे ।