कपिलवस्तुमा गोली प्रहार बाट प्रदेशसभा उम्मेदवारको हत्या

कपिलबस्तु,मंसिर,८-

कपिलवस्तुमा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको छ ।गत वर्ष सम्पन्न प्रदेशसभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहेका दिपेन्द्रकुमार चौधरीको गोली हानी हत्या भएको हो ।

शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले गएराति उनलाई गोली प्रहार गरेको थियो ।गोली लागेर गम्भीर घाइते भएका उनलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवा पुर्‍याउँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले जानकारी दिनुभयो ।

घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले गोली प्रहार भएको स्थानमा गोलीका ३–४ खोका भेटिएको जनाउँदै केहि शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।ईमेजखबरबाट