कमेरो खन्दा ढिस्कोले पुरीएर ओखलढुंगामा एक जनाको मृत्यु

सिर्जना बर्देवा/
ओखलढुंगा,भाद्र,२६-
कमेरो खन्दा ढिस्कोले पुरीएर ओखलढुंगामा एक जनाको ज्यान गएको छ । घर पोत्न सेतो माटो कमरो ख्रन्ने क्रममा ढिस्कोले पुरीएर चम्पादेवी गाउँपालीका ५ की अन्दाजी २० वर्षकी कोपिला कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ ।

कटुवाल संगै कमेरो खन्न गएका सोहि स्थानिकी मनमाया घिसिंग घाईते हुनुभएको छ । घिसिंगको स्थानिय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन प्रसाद तिमिल्सीनाले बताउनुभयो ।

घिसिंगको भाग्ने क्रममा लड्दा आखाँमा चोट लागेको छ । घटनाका विषया थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।