सुदुरपश्चिम द्धारा जनकपुरलाई १८५ रनको लक्ष्य

फाईल तस्विर !!

काठमाडौं,पुस,६-सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा जनकपुरविरुद्ध आक्रामक सुरुआत गर्दै जितका लागी १८५ रनको टार्गेट दिएको छ।

सुदूरपश्चिम रोयल्सका लागी साईफ अलिजबले ३३ बलमा अर्धसतक प्रहार गरेका थिए। उनले ४३ बलमा ६९ रन बनाउदै आउट भएको हुन्।

यस्तै विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाएका हुन् ।सुदुरपश्चिमका दुई ओपनर व्यट्सम्यानले ९६ बलमा ११७ रनको विशाल साझेदारी खेलेका थिए।

जनकपुर बोल्टसलाई विकेट लिन भने ११ ओभर सम्म कुर्न परेको थियो। अलिजाईब ११ ओभरको अन्तिम बलमा किशोर महतोको बलमा क्याच आउट भएका हुन्।लगत्तै १२ ओभरको दोस्रो बलमा ललित राजवंशीबाट बोल्ड आउट भएका थिए। 

खेलको १४ ओभरको अन्तिम बलमा हरमित सिंहले  ८ बलमा १४ रन गराउदै क्याच आउट भएका थिए।

दिपेन्द्र सिंह ऐरी लामो सट खेल्ने क्रममा ७ बलमा ९ रन जोड्दै क्याच आउट हुन पुगेका थिए। लगत्तै सोहि ओभरमा आरिभ शेख पनि २ बल खेल्दै क्याच आउट हुन पुगेका थिए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। यो निर्णय सुदूरपश्चिमका लागि फलदायी रह्यो।

पहिलो पावरप्लेमा सुदूरपश्चिमले कुनै विकेट नै नगुमाई ४८ रन बनाउन सफल भयो। जनकपुरले दुई मेडन आफैंसँग राख्दा पनि सुदूरपश्चिमलाई रोक्न सकेन