प्रधानमन्त्री ओली पुगे फाईनल हेर्न, तर साफमा नेपाल फेरी चुक्यौ,

फाईल तस्विर!!

काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाईनल हेर्न नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पुग्नु भएको थियो।

तर दुर्भाग्यवश १२ वर्ष सम्म साफ़ च्याम्पियनको फाईनल पुगेको नेपालले फेरी हार व्यहोरेको छ।

फाईनल खेल सुरु हुनु पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मैदानमै पुगेर नेपाली खेलाडीलाई हौसलाका दिए पनि नेपाली टीमले पराजय बेहोरेको छ।

अहिले सामाजिक संजालमा प्राधानमन्त्री केपी शर्मा ओलीको नेपाली फुटबल प्रेमी दर्शकले उनको चर्को आलोचना गरि रहेका छन्।

दशरथ रगंशालामा आज भएको फाईनल खेलमा बंगलादेशले नेपाललाई २-१ गोल अन्तरले जितेको हो।

निकै रोमाञ्चक भएको खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दुवै टिमले दोस्रो हाफमा गोल गरेका थिए। 

दोस्रो हाफको ५१ औं मिनेटमा बंगलादेशका लागी रितु चक्माले गोल गर्दै अग्रता बनाएका थिए।

यस्तै गोल खाएको २ मिनेटमै अमिसा कार्कीले गोल फर्काउदै नेपाललाई  खेलमा फर्काएका थिए।

तर खेलको ८० औं मिनेटमा ३० यार्डबाट रितु चक्माले क्रस मार्फत हानेको प्रहारले सिधैं गोल पोष्टको जाली चुमेको थियो।उनको यो व्यक्तीगत दोस्रो गोल नै बंगलादेशको लागी सुनिश्चीत बन्यौ।

यो जित संगै बंगलादेशले लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधी जितेको छ।

स्मरण् रहोस् : गत वर्षको संस्करणमा पनि बंगलादेशले नेपाललाई हराउदै उपाधी जितेको थियो।यस वर्षपनि नेपालले उपविजेता बन्दै चित्त बुझाएको थियो।