काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको उपाधी बंगलादेशले जितेको छ।
दशरथ रगंशालामा आज भएको खेलमा बंगलादेशले नेपाललाई २-१ गोल अन्तरले जितेको हो।
निकै रोमाञ्चक भएको खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दुवै टिमले दोस्रो हाफमा गोल गरेका थिए।
दोस्रो हाफको ५१ औं मिनेटमा बंगलादेशका लागी रितु चक्माले गोल गर्दै अग्रता बनाएका थिए।
यस्तै गोल खाएको २ मिनेटमै अमिसा कार्कीले गोल फर्काउदै नेपाललाई खेलमा फर्काएका थिए।
तर खेलको ८० औं मिनेटमा ३० यार्डबाट रितु चक्माले क्रस मार्फत हानेको प्रहारले सिधैं गोल पोष्टको जाली चुमेको थियो।उनको यो व्यक्तीगत दोस्रो गोल नै बंगलादेशको जितका लागी सुनिश्चीत बन्यौ।
यो जित संगै बंगलादेशले लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधी जितेको छ।
यसैविच: यस वर्ष साफ च्याम्पियनसिपको फेयर प्लेको ट्रफी भुटानले जितेको छ।यस्तै सर्वाधिक गोलकर्ताको ट्रफी पनि भुटानकै जर्सी नं. ९ का खेलाडी डिकि लाजाओले जितेकि छन् उनले खेल अवधीभर सबैभन्दा बढी ८ गोल गरेकि थिए।
त्यसैगरी सर्वोउत्कृष्ट गोलकिप्पर बंगलादेशकी रुक्मा चक्माले ट्रफि जितेकि छन्।उनले लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको ट्रफि अवार्ड जितेकि हुन्।
यस्तै साफ च्यम्पियनसिप २०२४ को सर्वोउत्कृष्ट खेलाडी बंगलादेशका रितु पुर्ण चक्मा बन्न सफल भएका छन्।
स्मरण् रहोस् : गत वर्षको संस्करणमा पनि बंगलादेशले नेपाललाई हराउदै उपाधी जितेको थियो।यस वर्षपनि नेपालले उपविजेता बन्दै चित्त बुझाएको हो।