सदरलाईन विस्तारको काम छिट्टै शुरु हुने

बाँके,माघ ७-नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगंज सदरलाईन विस्तारको काम छिट्टै शुरु हुने बताउनु भएको छ । रेडियो भेरी आवाजको नियमीत कार्यक्रम साझा बहसमा आज कुराकानी गर्दै विस्तारका लागि समन्वय गर्न गठित २१ सदस्यीय समितिका संयोजक समेत रहनु भएका वैश्यले स्थानीयहरुले घर भत्काउन सहमती दिईसकेकाले अब विस्तारको काम शुरु हुने बताउनु भएको छ ।

उहाँले समितलिे तयार गरेको लिखित सहमती नगरपालिकालाई बुझाईसकोको बताउदै अब नगारपालिकाले काम लाई तिव्रता दिनुपर्ने बताउनु भएको छ । ढिलो भएमा व्यापार व्यवसायलाई समस्या पर्ने र घरधनीहरुपनि मर्कामा पर्ने हुँदा सके सम्म छोटो समयमा सदरलाईन विस्तारको काम सक्नु पर्ने बताउनुभयो ।

यसैगरि खुला सिमानाका कारण नेपालगंजको व्यापार व्यवसायमा परिरहेको असर कम गर्न भन्सारमा कडाई संगै उपभोक्ताले बानी परिवर्तन गर्नु पर्ने बताउनुभयो । भन्सारमा कडाई गरेर मात्रै नपुग्ने भन्दै उपभोक्ताहरुले आफ्नो देशको सामान खरिद गर्नु पर्ने र स्वदेशी व्यापारलाई विश्वास गर्नु पर्ने बताउनुभयो ।

साथै व्यापारिहरुले पनि  आफ्ना ग्राहकलाई आकर्षित गर्नेगरि व्यापारिक सिपको विकास गर्नु पर्ने बताउनु भएको छ । नेपालगंजमै सस्तोमा सामान पाईने हुँदा पनि सिमापारिबाट सामान किनेर ल्याउने प्रवृति बढ्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नु भएको छ ।यसमा कमी गर्न उपभोक्ताले आफै यसको प्रथा अन्त्य गरेमा नेपालगंजको विकासमा टेवा पुग्ने बताउनुभयो ।

उहाँले यहाँका व्यवसायले पनि अलि कती गुणस्तर सामान राख्नु पर्ने र राज्यले पनि आफ्नो नितीमा सुधार ल्याएमा भन्सार समस्या र व्यापार व्यवसायमा देखिएको समस्या समाधान हुने बताउनुभयो ।उहाँले भारतीय राजदुत समक्ष भारु रुपैयाँको सहजताका लागि पहल गरिदन कुरा राखेकाले उक्त समाधान हुने आशा व्यक्त गर्नु भएको छ ।

नेपालको गाडी पनि भारतमा चल्न पाउनु पर्ने र  यहाँको जडिबुटी निकासमा भएका जटिलटा अन्त्य गर्नका लागि गरिदिन आग्रह गरेको बताउनुभयो ।उहाँका अनुसार यहाँको पर्यटकिय क्षेत्रको प्रचार प्रसारका लागि मिडियाले जोड दिनुपर्ने र भारतले पनि नेपालको पर्यटयीय क्षेत्रमा पनि प्रचार गरिदिनु पर्ने बताउनुभयो ।