निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सिके राउत पक्राउ

काठमाडौं, मंसिर,२१-

निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा स्वतन्त्र मधेश गठबन्धनका नेता डा. सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचनविरोधि गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले राउतलाई उहाँकै जनकपुरस्थित माछा बजारमा रहेको डेराबाट पक्राउ गरेको हो ।

सादा पोशाकमा गएका प्रहरीले आज विहान १० बजेर ५० मिनेट जाँदा राउतलाई उनकै डेराबाट पक्राउ गरेका थिए । यस अघि नेपाल प्रहरीले निर्वाचन विरोधि गतिविधिमा संलग्न रहेको आरोपमा सिके राउतका एक दर्जनबढि कार्यकर्तालाई प्रदेश नम्बर २ को विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका राउतलाई अहिले जिल्ला प्रहरी कार्यालय धुनषामा राखिएको छ । साभार : नेपालवाणीबाट