एनएसएल:ललितपुर सिटीलाई हराउदै,काठमाडौं रेजर्स विजयी

फाईल तस्विर !!

काठमाडौं,बैशाख,११-काठमाडौं रेजर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ ।शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरे ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ओलुमोउले गोल गरेका थिए । 

खेलको ६६ औं मिनेटमा ओलुमोउले गोल गरेका हुन् । जुन गोल खेलको निर्णायक गोल बन्यो ।पेनाल्टी क्षेत्र भन्दा बाहिरबाट स्टेफनको कडा प्रहार ललितपुरका गोलकिपर अर्पणले पन्च गर्दै बाहिर पठाएको बललाई ओलुमोउले वान टचमा गोल गरेका हुन् ।

त्यसअघि खेलको ३३ काठमाडौंका स्टेफिन समिरले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल पोस्ट बारमा लागेर फर्किएको थियो ।खेलको ४० औं मिनेटमा ललितपुरका फरवार्ड भिलिम पोसिनकोभिचको पेनाल्टी क्षेत्रबाटको प्रहार फितलो रह्यो ।

खेलको ६० औं मिनेटमा काठमाडौंका स्टेफेनको ओभर हेड किकले पोस्टको दिशा लिन सकेन ।खेलको ६२ औं काठमाडौंका मेसौके ओलुमोउको प्रहार ललितपुरका गोलकिपर अर्पण कार्कीले उत्कृष्ट बचाउ गरे ।

यस्तै खेलको इन्जुरी समयको अन्तिम मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट ललितपुरका कप्तान अन्जन विष्टको कडा प्रहार काठमाडौंका विकेश कुथुले बचाए ।

खेलको प्लेयर अफ दि म्याच काठमाडौंका संजोक राई चुनिए । उनले २५ हजार प्राप्त गरे ।यस्तै प्रोमोसिङ प्लेयर अफ दि म्याच काठमाडौंका विश्वास श्रेष्ठ चुनिए । उनले १० हजार हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत आइतबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसीबीच खेल हुनेछ ।यस्तै दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ ।