नेपाल सुपर लिग : आज दुई खेल हुने

काठमाडौं,बैशाख,१२-पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर र धनगढीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।रंजित धिमालको कप्तानीमा मैदान उत्रने विराटनगर जित निकाल्ने योजनामा हुनेछ ।

किरण चेम्जोङको कप्तानीमा रहने धनगढी पनि सुखद सुरुवातको लक्ष्यमा हुनेछ ।यस्तै दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा र लुम्बिनीबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।पोखरा अनिल गुरुङको कप्तानीमा मैदान उत्रने छ । बुटवलको कप्तानी विशाल श्रेष्ठले गर्ने छन् ।

प्रतियोगितामा काठमाडौं रेजर्सले विजयी सुरुवात गरिसकेको छ ।शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।

May be an image of ‎text that says '‎ت Khukri SÜPER LEAGUE NEXT MATCH 12대 BAISAKH, 2078 5:30 PM DASHRATH STADIUM WATCH LIVE ON AP1 POKHARA THU DERS Butwal Lumbini Club Football Fo POKHARA THUNDERS VS BUTWAL LUMBINI FC अब खेल्छ नेपाल‎'‎