बिचल्लीमा परेका बालबालिकालाई खोज्दै सहयोगी संस्था गुल्मीको मदानेमा

गुल्मी,कार्तिक,२२-
गुल्मीको मदाने गाउँ पालिकामा आफनै बाबुद्वारा आमालाई मारे पछि बिचल्लीमा परेका बालबालिकाहरुको समाचार पढेर खोज्दै चितवन जिल्लाबाट गुल्मीको मदाने गाउँ पालिकामा हिमाली ईकोनोमी डेभलपमेन्ट संस्थाका प्रतिनिधि आएका छन् ।

यहीँ कार्तिक १५ गते गुल्मीको मदाने गाउँ पालिका वडा नं ६ पनाहा भन्ने ठाउँमा रक्सी सेवन गरेको झोकमा ३२ बर्षीय दुर्गा नेपालीले आफनी ३१ बर्षीय श्रीमती टिका नेपालीलाई हत्या गरेका थिए ।

उनीहरुको आफन्तजन कोही नभए र वडाका वडा अध्यक्ष तोकम कुवरको नेतृत्वमा , स्थानीय समाजसेवी दशरथ घिमिरे , कमल लम्साल लगायतका व्यक्तिहरुले खाद्यान्न , कम्वल लगायतका सामाग्रीहरु सहयोग गरेको वडा अध्यक्ष तोकम कुवरले बताउनुभयो ।

उहाँका अनुसार आफुले ति बालबालिकाहरुका लागि एस ओ एस संस्था काठमाण्डौंमा पालनपोषणका लागि पहल गरेको बताउनुभयो । आज चितवन उपमहानगरपालिका वडा नं २१ मा रहेको हिमालय दया होस्टेल संञ्चालक अर्जुन बि(क( र बुटवलबाट आमोद खड्का ति बालबालिकालाई भेट्न र सहयोग गर्नका लागि चितवनबाट गुल्मीको मदाने गाउँ पालिकामा आउनु भएको हो ।

उहाँहरुले वडा अध्यक्ष तोकम कुवर र समाजसेवी दशरथ घिमिरेलाई भेटेर यी बालबालिकालाई हाम्रो जिम्मामा दिनुहोस् भनेर अनुरोध गर्नुभएको थियोे । वडा अध्यक्ष कुवरले मैले एस( ओ(एस( मा पहल गरेको र त्यहाँ नभए हिमालय ईकोनोमिक डेभलपमेन्ट अन्तर्गतको होस्टेल चितवनमा दिने बताउनुभयो ।