जापानमा लक्ष्मी पूजा गरियो : टिका लगाउदा जापानीज सर र भियतनामी विद्यार्थी मख्खै

(फोटो फिचर )

कित्ताक्यूशु,जापान,कार्तीक,२१-
जापानमा आज धनधनाध्यकी देवि माता लक्ष्मी भगवानको पूजा अर्चनागरी मनाईएको छ । जापानको कुत्ताक्यूशुमा रहेको निहोन गो गाकु गाक्कोमा (स्कुलमा) रहेका नेपाली विद्यार्थीले एक कार्यक्रममको आयोजना गरी लक्ष्मीको पूजा अर्चना गरेका हुन् ।

उक्त विद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुले आफ्नो देशको संस्कृतीलाई विदेशमा चिनाउनको लागी पनी आफुहरुले लक्ष्मी पूजा गरेको बताएका छन् ।लक्ष्मी पूजा कार्यक्रममा उक्त स्कुलका जापानीज शिक्षक,भियतनामी विद्यार्थीहरुको उपस्थीती रहेको थियो । जापानीज शिक्षक, लगायत भियतनाम र नेपालका विद्यार्थीले एकै साथ धनधनाध्यकि देवि लक्ष्मीको पूजा अर्चना गरि मनाएका छन् ।
लक्ष्मी पूजाको पूजा पाठ भने सरोज भट्टराईले गरेका थिए ।

(भिडीयो हेर्न दिएको लिंक थिच्नुहोस् )

उनले नेपालमा पनी चाडपर्व लगायत अन्य समयमा पूजा पाठ गर्दै आएका थिए । जस अन्तर्गत प्रवासमा रहेर पनी विदेशी भुमीमा नेपालकै चलन चल्ती रितीरिवाज अनुरुप पूजा पाठ गरि लक्ष्मी पूजा सम्पन्न गरेका छन् ।

पूजा पाठ सम्पन्न गरे लगत्तै भट्टराईले जापानीज शिक्षक र विदेशी मुलुक भियतनामका विद्यार्थीहरु लगायत सबैलाई टिका लगाईदिएका थिए ।

टिका ग्रहण गर्दा जापानीज शिक्षक र भियतनामका विद्यार्थीहरु निकै नै खुशाली मानी रहेका थिए । टिका ग्रहण पछि उनीहरुले नेपाली पर्वले आफुहरुलाई निकै नै आनन्द प्रदान गरेको भन्दै संगै नेपाली विद्यार्थीहरु संग एक आपसमा शुभकामना आदान प्रदान गर्दै आफूहरुलाई नेपालको संस्कृती रहन सहन चाडपर्व र खानाका परिकाकहरु एकदमै राम्रो लागेको बताएका थिए ।

यता नेपाली विद्यार्थीहरुले पनी एक आपसमा लक्ष्मी पूजा सके लगत्तै तिहारको शुभकामना आदान प्रदान गर्दै प्रवासमा रहे पनी खुशी सातासात गरि देउसी,भैलो खेल्दै नाचगान गरेका थिए ।

गत वर्ष पनी यस स्कुलमा यस वर्ष जस्तै तिहार कार्यक्रम गरिएको थियो । उक्त स्कुलमा नेपालका २५ भन्दा बढी जिल्लाका ४५ जना जती विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

(फोटो फिचर )