निजगढ-काठमाडौं सम्पर्क समिती बाराको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं,जेठ,२९-निजगढ-काठमाडौं सम्पर्क समिती बाराले बिहिबार नेपाल रेडक्रस संग समन्वय गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।उक्त कार्यक्रममा १ सय ३ जनाले रक्तदान गरेका छन् । 

फाईल : तस्विर

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गईरहेको छ।नेपाल अहिले कोरोना भाईरसको अती जोखिमा परिरहेको अवस्थामा बिरामीको चाप बढे संगै रगतको पनि अभाब भैरहेको बेला केही दिन अगाडि मात्र स्थापना भएको संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमलाई बल्खुका स्थानिय समाज सेबी व्यक्तीहरुले भरपुर सहयोग गरेका थिए । रक्तदाताहरु रगत दिनको लागि खुशीका साथ उपस्थीती भएका थिए।कार्यक्रममा रक्तदान गर्न आएका केहि शारिरिक कमजोर भएका कारण रक्तदान गर्न पाएन।उनीहरु रक्तदान गर्न आए पनी शारिरिक कमजोरीका कारण रक्तदान गर्न नपाए पछि केहि निरास भएर घर फर्किन बाध्य भएका थिए ।

काठमाडौं जिल्लाको बल्खु चोकमा बिहान ११ बजे देखी दिउसो ३ बजे सम्पन्न भएको उक्त कार्यक्रमको व्यवस्थापन संयोजक मिलन मगर र सह संयोजक बिजय थिङ्ले गर्नुभएको थियो।

रक्तदाताहरुलाई यथा स्थान सम्म ल्याउने पुर्याउने सचिब ससी लामाले गर्नुभएको थियो भने रक्तदाताहरुलाई पानी जुसको व्यवस्था कोषाध्यक्ष अर्जुन घिमिरे गर्नु भएको थियो,भने रक्तदाताहरुको नामावली संकलन चाॅंहि सुरज पाण्डे र सब्रिना रन्जितले गर्नु भएको थियो ।