नेपालगन्ज महोत्सवमा गायक जय देवकोटालाई दर्शकहरुको यति धेरै माया

नेपालगंज,माघ,२-

नेपालगन्ज महोत्सवको सातौ दिन बुधबार चर्चित लोकदोहोरी गायक जय देवकोटाले दर्शकहरुलाई झुमिझुमी नचाएका थिए। बुधबार महोत्सवमा करिब १० हजार भन्दा बढी दर्शकहरुको उपस्तिथी रहेको थियो।

गायक देवकोटाले नेपालगन्जको ठूलो महोत्सवमा पहिलो पटक प्रस्तुती दिएका हुन। बाँकेमा पहिलो पटक यति धेरै दर्शकहरुको साथ पाएको बताए।

चर्चित मौलिक ट्प्पा गीत बाजेको पालामा गीत गाउँदै स्टेज उक्लेका गायक देवकोटाले रन्देउ बगालौ, नौजाले लगाएतका आधा दर्जन गीत गाएर नेपालगन्ज महोत्सवका दर्शकहरुलाई उफारेका थिए।
पौष २६ देखि सन्चालनमा आएको महोत्सव माघ ८ गते सम्म लाग्ने आयोजकले जनाएको छ।