राप्रपाको घरदैलो कार्यक्रम सम्पन्न

भानुभक्त बस्नेत,
दाङ,जेठ,३०-
घोराही उपमहानगरपालिका वडा नं.१०नारायणपुरमा घरदैलो कार्यक्रम  सम्पन्न भएको छ ।राप्रपाका घोराही उपमहानगरपालिका १०को वडा अध्यक्ष प्रेम प्रकाश पोख्रेलको  अध्यक्षता तथा राप्रपा नेपालका केन्दीय सदस्य मिना स्वर्णकारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

क्षेत्र नं.३का अध्यक्ष श्री नरबहादुर बुढाथोकीको एवं वरिष्ठ समाजसेवीहरुको उपस्थितीमा कोणसभा सम्पन्न गरिएको थियो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर भोलानाथ योगी उपमेयर प्याउली के।सी।वडा नं.१०का  महिला सदस्य रामकुमारी ओली सदस्यहरु कृष्णी दमीनी,अम्मर केसी,लक्ष्मीकान्त अधिकारी लगायतकाले आ आफ्नो मन्तव्य राखेको थिए ।

कार्यक्रममा मेयर पदका उम्मेद्धवार योगीले आफ्नो ठाँउको विकास,धर्म सस्कृतीको संरक्षण,भाइचाराको विकासआदिको लागी आफुलाई गाई चिन्हमा छाप लगाई अत्यधिक मतका साथ जिताउन आग्रह गर्नुभएको थियो ।