कोरोना संक्रमणबाट १७७ जनाको मृत्यु ,८६०७ जना संक्रमीत थपिए

काठमाडौं,जेठ,७-पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज २३ हजार २ सय २६ जनाको कोरोना परीक्षण गरिएको थियो।

त्यस्तै,७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा एक सय ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।यो सँगै मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको मन्त्रालयले जनाएको छ।