कोरोना संक्रमणबाट १८ जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ पुग्यो

काठमाडौं,कात्तिक,२०-नेपालमा बिहीवार थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ जना रहेका छन् । 

मुलुकभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेकोमा उनीहरुमध्ये २९ हजार ५७४ संक्रमित होम  आईसोलेशनमा छन् भने ४२८ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट १ हजार ५२ जनाको मृत्यु पुष्टि भएको छ ।विगत २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १५ लाख ७ हजार १२२ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १ हजार ३०५ जना रहेका छन् भने  आईसोलेशनमा ३६ हजार १९० जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल ३६ हजार ५१४ जना आईसोलेशनमा रहेका छन् भने १ हजार २३२ जना क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालयका अनुसार बिहीवार काठमाडौं उपत्यकामा मात्र १ हजार ३९८ जना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौं जिल्लामा १ हजार ९१ जना, ललितपुर जिल्लामा १६० जना र भक्तपुर जिल्लामा १४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।