नेपाल मगर संघको २६ औं राष्ट्रिय सम्मेलनमा सहभागी हुन भोली मिलन मगर सहित ३ जना नेपाल प्रस्थान गर्ने

राष्ट्रिय सम्मेलनमा पाँच सय प्रतीनीधीले सहभागीता जनाउने

जापान ,फागुन,१४-

नेपाल मगर संघले २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात प्राप्ती सम्मेलन-२०७४ मनाउने भएको छ । संघले काठमाण्डौंमा यहि फागुन १५ गते देखी १७ गते सम्म राष्ट्रिय सम्मेलन मनाउन लागेको जानकारी दिएको छ ।

मगर संघले राष्ट्रिय सम्मेलनमा मगर भाषालाई राज्यको सबै तहमा सरकारी कामकाजको अधिकारसहित राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने, लखन थापामगरलाई राज्यले प्रथम सहिदको सम्मान दिनुपर्ने, मगर प्रथाजनित कानूनहरुलाई संवैधानिक मान्यता प्रदान गर्नुपर्ने माग राखेको छ ।

‘हाम्रा एजेण्डामाथि राष्ट्रिय सम्मेलनमा गम्भीर छलफल हुन्छ, र हामी हाम्रा माग पूरा गराउन आन्दोलन अगाडि बढाउछौँ’, मगर संघका महासचिव ज्ञानेन्द्र पुनले बताउनुभयो ।मगर संघले सामाजिक न्याय तथा पूर्ण समानुपातिक प्रतिनिधित्वको लागि संविधान संशोधनको मागसमेत गरेको छ ।

संघले ‘पहिचान सहितको संघीयता र मगरात स्वायत्त प्रदेश स्थापनाका लागि संविधान संशोधनः सामाजिक न्याय तथा पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा २६ औं राष्ट्रिय सम्मेलन’ भन्ने मुल नारा तय गरेको छ ।

पत्रकार सम्मेलनमा संघले फागुन १५, १६ र १७ मा राष्ट्रिय सम्मेलन हुने, सम्मेलनको उद्घाटन फागुन १५ गते टुडीखेलमा हुने र बन्द सत्र गौगंबुमा हुने जानकारी दिएको छ । सम्मेलनमा ६९ जिल्ला शाखा, ६ भातृ संगठन, वैदेशिक शाखालगायतबाट पाचसय प्रतिनिधि सहभागी हुने जनाएको छ । मगर संघको स्थापान २०३९ साल फाल्गुन १५ गते भएको थियो । सोही दिनलाई मगर समुदायले मगर दिवसको रुपमा मनाउँदै आएको छ ।

यसैविच : मगर संघको २६ औं राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल मगर संघ बैदेशिक शाखा युएईबाट प्रतिनिधित्व गर्दै केन्द्रिय अध्यक्ष टंक थापा मगर र केन्द्रिय सदस्य मनु थापा मगर आज बिहान स्थानिय समय अनुसार ८:४५ बजेको उडान बाट नेपाल प्रस्थान गर्नु भएको छ ।  

यस्तै : मगर संघको २६ औं राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल मगर संघ वैदेशिक शाखा जापानबाट भने क्यूसुका अध्यक्ष  मिलन मगर (युक्त) ,सचिव मिरा दर्लामी मगर र सल्लाहाकार पञ्च बहादुर मगर भोली नेपाल प्रस्थान गर्ने भएका छन् । यहाँहरु सबैको यात्रा सफल रहोस् ।

 

साथै २६ औ राष्ट्रिय सम्मेलन तथा मगरात प्राप्ति सम्मेलनले मगरात प्राप्तिका मुद्दाहरुमा ठोस निर्णयहरु ल्याओस् भन्दै कार्यक्रम सभ्य र भब्य रुपले सफल बनोस् हाम्रो तर्फबाट हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।