नेपालगंज उपमहानगरपालिकाको सडक सुरक्षामा कडाई तथा फोहर व्यवस्थापनका लागि पहल गर्ने

मधु पौडेल
बाँके,बैशाख,२४-
सर्वपक्षिय र सरोकारवालाको भेलाले नेपालगंज उपमहानगरपालिकाको सडक सुरक्षामा कडाई तथा फोहर व्यवस्थापनका पहल गर्ने भएको छ । नेपालगंज उपमहानगरपाकिला,जिल्ला प्रशासन बाँके ,भेरी अञ्चल प्रहरी ,जिल्ला प्रहरी ,जिल्ला ट्राफिक कार्यलयका प्रतिनिधि ,सडक विभाग,नेपालगंज उद्योग वाणिज्य संघ,होटल व्यवसायी संघ लगाएको उपस्थितिमा भएको एक छलफलमा उक्त कुराको प्रतिवद्धता भएको थियो ।सो भेला बाट सडक विभाग, ट्राफिक प्रहरीसँगको समन्वयमा सडक पार्किङ स्थानको पहिचान गरि उचित व्यवस्था गर्ने र फोहर व्यवस्थापनका लागि सूचना जारी गरी फोहर नगर्न अपील गर्ने निर्णय गरिएको छ । व्यापाक प्रचार प्रसार र सूचित गर्ने यदि एकहप्तापछि पनि कहीं कतैबाट अटेर गरिएमा कानून वमोजिम कारवाही गरिने र जथाभावी फोहर गरिदिनाले नगर कुरुप भएको भन्दै कडाईका साथ प्रस्तुत हुन र पूर्ण रुपमा सहयोग गर्ने सरोकारवाला संघ संस्थाका प्रतिनीधीले प्रतिवद्धता दोहो¥याएका छन.