सुचनाको हक बारे जानकारी

मधु पौडेल
बाँके,बैशाख,२४
बांकेको डुडुवा गाउपालिका स्थित होलीया छिटाइपुरुवाका आगलागि पिडित ३३ घरपरिवारलाई सुचनाको हक बारे जानकारी गराइएको छ । दैवि प्रकोपका लागि कति रकम जिल्लामा आउछ , यसको दिर्घकालिन उपायका लागि के हुदैछ र राप्तिपारी दमकलको ब्यबस्था कहिले हुन्छ भन्ने प्रश्नसहितको फारम पिडितहरुलाई भराउने कार्यक्रम भएको सुचना र मानव अधिकार अनुसन्धान केन्द्र बांकेका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । अध्यक्ष तिवारीका अनुसार ३३ जना पिडितले फारम परेका छन । यो संगै पिडित परिवारलाई सुचना र मानव अधिकार अनुसन्धान केन्द्र , किल्न एण्ड ग्रिन नेपालगंज र सुप्रिम वाटरको आयोजनामा पानि र चिउरा वितरण गरीएको केन्द्रका अध्यक्ष तिवारीले बताउनु भएको छ ।कार्यक्रममा अध्यक्ष तिवारी लगाएत समाजसेवी सपना भटराई , किलिन एण्ड ग्रिन नेपालगंज का डा.विनोद कर्णको उपस्थिति रहेको थियो ।