नेपालगंजमा जिवनजलविक्री वितरण कार्यक्रम शुभारम्भ

मधुपौडेल,

बाँके,जेठ,१६-

मध्ये र सुदुरपश्चिमका लागि विकट जिल्ला तथा गाउँ वस्तीका जनताहरुलाई जिवनजलको अभावले मृत्यु हुन नपरोस भन्ने उदेश्यका साथ नेपालगंजमा जिवनजलविक्री वितरण शुभारम्भ कार्यक्रम भएको छ ।

सात वर्ष देखी बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले सरकारी अनुदान प्राप्त गरे पछि सो कार्य सुरुवात गरेको हो । पुर्ण सरकारी स्वामित्वमा रहेको लिमिटेडले सुरुका दिनहरुमा काठमाडौबाट आफ्नो विक्री वितरण गरेको भए पनि आइतवार धनगडि र आजबाट नेपालगंजमा सुरुवात गरेको कम्पनीका सचिव टिकाराम अर्यालले जनाकारी दिनु भयो ।

कार्र्यक्रममा बोल्दै लिमिटेडका कार्यकारी प्रमुख डा. रोभस कुसम सुवेदीले अवका दिनमा जिवन जलको अभावबाट कुनै विकट जिल्ला तथा गाउँका जनताहरुले मृत्यु प्राप्त गर्न नपरोस भन्ने उदेश्य रहेको बताउनु भएको छ ।

डा. सुवेदीले भन्नु हुन्छ“,वर्षामा धेरै जसो झाडापखालले जिवन जलकोअपुगले गर्दा धेरै को ज्यान जाने गरेको हुदाँ मध्येपश्चिम र सुदुर पश्चिमका विगट गाउँमा आवश्यक ठाउँमा जिवन जल पु¥याइने तथा हाम्रो लक्ष्य पनि यही नै हो ” ।

विगत धेरै वर्ष देखी नेपाल औषधि लिमिटेडमा कार्यरत रमेश कुमार महतोले नेपाल सरकारको आर्थिक सहयोगमा सुरुवात गरीएको जिवनजल सबैठाउँमा पु¥याउने उदेश्य राखीएको हुदाँ घाटामा नजाने र धेरै नाफा नखाने उदेश्यले अगाडि बढिएको जानकारी गराउनु भयो ।कार्यक्रममा पत्रकार ,औषधि वितरण केन्द्रका प्रमुखलाएको उपस्थिति रहेको थियो ।