ओखलढुंगाको पात्ले माबिमा बिदेशी संस्था द्धारा चार कोठे भवन निर्माण

सिर्जना बर्देवा/ 
ओखलढुंगा,माघ,१२-

ओखलढुंगाको मोलुङ गाउँपालिका ७ स्थित पात्ले माबिलाई बिदेशी संस्थाले बिद्यालय भवन निमार्ण गरिदिएको छ । २०७२ सालको भुकम्पले बस्नै नमिल्नेगरी बिद्यालय भवन भत्किएपछि टिएलसीमा बस्दै आएका बिद्यार्थीहरुलाई अब भने सहज हुने भएको छ । नेपाल अस्टेलीयन फेन्डसीप एसोसीयसन नामक एक संस्थाले शिक्षा बिभागबाट स्वकृत लिई चार कोठे आरसीसी भबन निमार्ण गरिदिएको हो ।

सुरुमा २९ लाखको लागतमा निमार्ण सुरु भएको भवनको फिनिसीङको काम बाकिँ रहेकाले लागत बढ्न सक्ने बिद्यालयका प्रअ लाक्पा शेर्पाले बताए । एक बर्षभित्र बन्ने २०७३ सालमै भवन निमार्ण सम्पन्न गर्नुपर्ने भएपनि केहि सौझौताको काममा ढिला भएको बिद्यालयले जनाएको छ ।

यसअघि बिद्यालय भवनको अभावमा बिद्यार्थीहरुलाई खाली चौरमा राखेर पढाउने गरेको भएपनि अब भने त्यस्तो समस्याबाट छुटकारा पाउने प्रअ शेर्पाको भनाई छ । कक्षा १ देखी माध्यमिक तहसम्ममा पढाई हुने बिद्यालयमा ३ सय ११ जना बिद्यार्थी रहेको भएपनि कक्षाकोठा अभावकै कारण १ सय भन्दा बढिले बिद्यालय छाडेको शेर्पाले बताए ।

गाँउकै एक स्वयमसेवक मार्फत बिद्यालयलाई भवन निमार्णका लागी बिदेशी संस्थाले सहयोग गरेको शिक्षकको भनाई छ । हात आरसीसी सहित ट्रष्ट मर्मत सहित ६ कोठे भवन भन्दैछ । यसअघि पनि नेपाल अस्टेलीयन फेन्डसीप एसोसीयसन नामक संस्थाले उक्त बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडाहरु बितरण गर्दै आएको थियो ।