कतार विश्वकप फुटबल : नकआउट चरणमा दुई खेल हुँने

नेदरल्याण्ड्स विरुद्ध अमेरिका र अर्जेन्टिना विरुद्ध अष्ट्रेलिया

Image Not Foundकाठमाडौं,मंसिर,१७-फिफा विश्वकप फुटबल अन्तर्गत शनिवार नकआउट चरणमा दुई खेल हुँदैछन् ।

पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिकाबीच नेपाली समय अनुसार राति पौने ९ बजे प्रतिस्पर्धा हुनेछ । नेदरल्यान्ड्स समूह ए को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिका भने समूह बी को उपविजेता बनेको थियो ।

यस्तै, दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल भने राति पौने १ बजे शुरु हुनेछ । अर्जेन्टिना समूह ’सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको छ भने अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । 

२औं संस्करणको विश्वकपमा सहभागी ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेर खेलाइएको थियो । कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समीकरण पूरा भएको छ ।

मंसिर १७ गते शनिवार

समूह ‘ए’ को विजेता भर्सेस समूह ‘बी’ को उपविजेता (राति ८ : ४५ बजे) नेदरल्याण्ड्स विरुद्ध अमेरिका । 

समूह ‘सी’ को विजेता भर्सेस समूह ‘डी’ को उपविजेता (राति १२ : ४५ बजे) अर्जेन्टिना विरुद्ध अष्ट्रेलिया । 

मंसिर १८ गते आइतवार

समूह ‘बी’ को विजेता भर्सेस समूह ‘ए’ को उपविजेता (राति १२ : ४५ बजे) इंग्ल्याण्ड भर्सेस सेनेगल । 

समूह ‘डी’ को विजेता भर्सेस समूह ‘सी’ को उपविजेता (राति ८ : ४५ बजे) फ्रान्स भर्सेस पोल्याण्ड । 

कुल ३२ ओटा राष्ट्र सहभागी भएको विश्वकप फुटबल प्रतियोगिता २८ दिनसम्म चल्छ र ६४ ओटा प्रतिस्पर्धाहरू हुन्छन्। प्रतियोगिताको फाइनल खेल आगामी पुस ३ गते अर्थात् डिसेम्बर १८ मा हुँदैछ। सन् १९३० मा युरुग्वेबाट विश्वकप शुरु भएको हो। कतारमा आयोजित यो विश्वकप प्रतियोगिता आयोजनाको यो २२औं संस्करण