नेदरल्यान्ड विश्वकपको क्वाटर फाइनलमा प्रवेश

नेदरल्यान्ड्सले क्वाटरफाइनलमा अर्जेन्टिना र अष्ट्रेलियाबीचको विजेतासँग खेल्ने

Image Not Foundकाठमाडौं,मंसिर,१८-कतार विश्वकपको क्वाटर फाइनलमा नेदरल्यान्ड प्रवेश गरेको छ।अमेरिकामाथि ३-१ को फराकिलो जित निकाल्दै नेदरल्यान्ड क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

खेलको १० औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।पहिलो हाफको इन्जुरी समयमा ब्लाइन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाएका थिए ।

अमेरिकाका लागि खेलको ७६ औं मिनेटमा हाजीले गोल गर्दै २-१ को स्थितिमा ल्याएका थिए ।खेलको ८१ औं मिनेटमा डेन्जेलले गोल गर्दै नेदरल्यान्ड्सलाई ३-१ को सहज जित दिलाएका थिए ।

यस जितसँगै नेदरल्यान्ड्स कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।नेदरल्यान्ड्सले क्वाटरफाइनलमा अर्जेन्टिना र अष्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ ।