कतारको अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो ।
खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लागी कप्तान लियोनल मेस्सी र उतकृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै विश्वकपको नकआउट चरणमा मेस्सीको यो पहिलो गोल रहेको थियो । यस्तै मेस्सीको यस खेल करियरकै १००० औं खेल पनि थियो।
दोस्रो हाफको ५७ औं मिनेटमा अर्जेन्टिनाका लागि अल्भारेजले गोल गर्दै २-० को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपछि २-१ गोल अन्तर रहेको थियो ।
दुवै टिमले दोस्रो हाफमा ठुप्रै अवसर खेर फालेका थिए।जितसँगै अर्जेन्टिना कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ ।
अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ ।नेदरल्यान्ड्स यस अघि नै क्वाटरफाइनलमा पुगिसकेको छ ।अष्ट्रेलिया र अमेरिका प्रतियोगिताबाट बाहिरिएको छ ।