काठमाडौं, असोज १२-
अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणमा आम सर्वसाधारण मारिएका छन् ।अमेरिकी आक्रमणबाट कति मानिस मारिए भन्ने पुष्टी भने भैसकेको छैन ।
अमेरिकी रक्षा मन्त्री जेम्स मैटिस अफगानिस्तान पुगेको केही बेरमै अतिवादीहरुले काबुल विमानस्थलमा रकेट प्रहार गरेका थिए ।
अमेरिकी सेनाले हवाई मैदानमा रकेट प्रहार गर्ने विद्रोहीलाई निशाना बनाइरहेको अफगानी सेनाको समर्थनमा हवाई आक्रमण गरेको जनाइएको छ ।
काबुल हवाई आक्रमणको भने तालिवान र आईएस दुबैले जिम्मेवारी दावी गरेका छन् । (एजेन्सी)