मिडियाको भुमिका विषयक अन्तक्रिया कार्यक्रम नेपालगंजमा सम्पन्न

मधुपौडेल,

बाँके,असार,८-

पत्रकार अचारसंहिता  र पालनामा काउसिन्सल र मिडियाको भुमिका विषयक अन्तक्रियात्मक कार्यक्रम नेपालगंजमा सम्पन्न भएको छ । नेपाल पत्रकार महाँसघ नेपालगंजको संम्मन्वयन तथा प्रेस काउन्सिल नेपालको आयोजनामा सो कार्यक्रम भएको हो ।

नेपाल पत्रकारमहासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपालपत्रकार महासंघका केन्द्रिय सदस्य तथा मध्येपश्चिम संयोजक झलक गैरे रहनु भएको थियो ।

कार्यक्रममा पत्रकारले पालना गर्नु पर्ने आचारसंहिताका बारेमा छलफल भएको थियो । पत्रकारहरु स्वमले आफ्नो विवेक प्रयोग गरेका खण्डमा पत्रकार आंचरसंहिताको पालना हुने कुरा उठाईएको थियो ।

नेपाल पत्रकार महासंघ बाँकेका महिला उपाध्यक्ष रुपा गहतराजले स्वागत मन्तव्य दिएको कार्यक्रममा नेपाल प्रेस काउन्सिलका सुचना अधिकारी दिपक खनाल तथा काउन्सिलका सदस्य एवं महिला पत्रकार समुहका केन्द्रिय अध्यक्ष सुवेक्षा विन्दु मानन्धरले पत्रकार आचारसंहिताका बारेमा जनाकारी दिनु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यलय प्रमुख रविलाल पन्थ , डिएसपि सरोज पौडेल लगाएको उपस्थिति रहेको थियो भने पत्रकार निरज गौतम , सावित्री गिरी ,कृष्ण अधिकारी ,मधु पौडेल ,विजय मल्ल लगाएताले सुझाव तथा प्रतिक्रिया दिनु भएको थियो । कार्यक्रमको सहजीकरण महांसघ बाँकेका सचिव तिलक गाउँलेले गर्नु भएको थियो ।