नेपालद्धारा जिम्बाब्वेलाई २९१ रनको टार्गेट

नेपालले जिम्बाब्वेलाई २९१ रनको लक्ष्य दियोकाठमाडौं,असार,३-नेपालले विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा जिम्बाब्वेलाई २९१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो ।

नेपालका लागि ओपनरहरू कुशल भुर्तेल र आसिफ शेखले किर्तिमानी साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । कुशल शतक पूरा गर्नबाट १ रनले चुके ।

कुशल जिम्बाव्वेका वेलिङटन मसाकान्डाको हातबाट ९९ रनको स्कोरमा बोल्ड  आउट भए । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।

यस्तै आसिफ शेखले ६६ रन बनाए । आसिफ पनि वेलिङटन मसाकान्डाकै बलमा बलमा रायन बुर्लको हातबाट क्याच आउट भए ।

कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् ।जिम्बाव्वेका रिचर्ड एंगरभाले ४ विकेट लिए ।

अब केहि बेरमा नै नेपालले वलिङ गर्नेछ ।