इटालीले २०२२ को कतार विश्वकप फुटबल गुमाउने

काठमाण्डौं,चैत्र,-११-युरोकप विजेता इटालीले २०२२ को कतार विश्वकप फुटबल गुमाउने भएको छ ।

विश्वकप छनोट अन्तर्गत बिहीबार राति प्ले अफ खेलमा नर्थ म्यासेडोनियासँग १-० ले पराजित भएपछि इटालीको विश्वकपमा पुग्ने यात्रा सकिएको हो ।

इटालीमा भएको खेलमा नर्थ म्यासेडोनियालाई जित दिलाउन एलेकसान्डर ट्राज्कोभास्कीले निर्णायक गोल गरे ।ट्राज्कोभास्कीले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।

इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको हो ।इटाली युरोपियन छनोटबाट सिधै विश्वकपमा पुग्न असफल भएको थियो ।जसको कारण प्ले अफ खेलेको हो ।अब नर्थ म्यासेडोनियाले पोर्चुगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।खेलपाटीबाट