म्यादी प्रहरीमा भर्ना हुन दाङमा युवाको लर्को

दाङ, चैत १७-

सरकारले आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको सुरक्षाका लागि  म्यादी प्रहरी हुन दरखास्त आह्वान गरेपछि फारम भर्नेको दाङमा भिड लागेको छ । बिहान ६ नबज्दैबाट सुरु हुने भिड राति १० बजेसम्म कायम रहने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अघिल्ला चुनावमा युवाहरु मात्रै बढी देखिने गरेकोमा यसपटक युवतीहरुको पनि त्यत्तिकै भिड छ ।पाँचदिनको अबधीमा ३ हजारले र्फम भरेकोमा झण्डै ५ सय महिलाहरु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायवउपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार म्यादी प्रहरिमा भर्नाका लागि पूर्व सुरक्षाकर्मीलाई प्राथमिक्तादिने भनिए पनि उनीहरु निकै कम मात्र फर्म भर्न आएका छन् । बिहीबारसम्म ५ हजार जनाले फर्म भर्ने अनुमानप्रहरिले गरेको छ । उनीहरुको छनौट प्रक्रिया भने १९ गतेदेखि सुरु हुनेछ ।साभार उज्यालोबाट