आफ्नो क्षमताले मात्र दर्शक माझ हिट हुन्छु कुनै विकृति आउने काम गर्दैन अन्जली ठकुरी

Anjali Shahi रोशन घर्ति
घोराही,फागुन ११ –जसले पनि आफुलाई देश विदेशमा आफ्नो चर्चा अनि परिचर्चा गराउने कोशीस गरिरहेको हुन्छ । यसको लागि अहिले गित संगित धेरैको  रोजाई बनेको छ । कोहि नराम्रा गित छोटो कपडा लगाएर हिट हुने गरेका छन त कसैले १।२ वटा गितमा मोडेल गर्ने हराउने परिपाटि नचलेको पनि होईन तर राप्ती सँगै नेपालमा नै अर्की होनहार कला भएका एकजना चेलीलाई राप्तीले जन्माएकि छन्  ।

यीनी हुन अन्जली ठकुरी
Anjali Thakuriनेपाली सांगितिक जगतमा नयाँ अनुहारहरु थपिने क्रमतिब्र छ ।सांगितिक क्षेत्र मा कोहि शोख का लागि त कोहि  निकै संघर्ष गरेर नाम ,दाम कमाउने र जिन्दगी नै यसै क्षेत्र मा बिताउने लक्ष्यका साथ यसक्षेत्रमा प्रबेश गरेका हुन्छ्न ।यस क्षेत्रमा नाम र  दाम अनि जीवन नै यसै क्षेत्रमा बिताउने र  सफल हुने लक्ष्य का साथ यस क्षेत्रमा प्रबेश गरेकी प्रतिभावान कलाकार हुन अन्जली ठकुरी राप्ती अञ्चलको रुकुम मा जन्मिएको अन्जली ठकुरी सानै उमेरमा आमाको काख छोडेर संगितिक जीवन मा सफल ता पाउन का लागि रुकुम छोडेर  काठमाडौ सफलता का लागि संघर्ष  गरि रहेकी छिन ।

आफू केही समय सोख पूरा गर्न नभई  यसक्षेत्रमा केही गर्ने अठोटका साथ अभिनयमा आएको आफुले बताउने गरेको छन । बि स्टार फिल्मस द्धारा बजारमा आएको हर्ट अटयाक भो नामक लोक  गित बाट विगत ९ महिना यता बाट मोडेलिङमा प्रवेश गरेकी अञ्जली उनि अहिले १८ बढि आधुनिक तथा लोक गितमा अभिनय गरिसकेका छन ।  अनि  पहिला स्थापित हुनका लागी यस समयमा  म्युजिक भिडियोमा ब्यस्त रहेको पछि बिस्तारै फिल्ममा  खेल्ने  योजना रहेको बताइन ।

Anjali Shahi आफ्नो क्षमताले मात्र दर्शक माझ हिट हुन्छु कुनै विकृति आउने काम गर्दैन म  अंग प्रदर्सन  र  कुनै गीतको म्युजिक  भिडियोमा अफर आयो भन्दैमा  कुनै नराम्रो सम्झौता गर्दैन  । पछिल्लो समय मा म्युजिक भिडियोहरु परिवार सगै बसेर हेर्न नमिल्ने खालका छ्न ।यस्ता भिडियोहरु को हामी सबै ले बिरोध गर्न पर्छ । विगत ९ महिना देखी यो क्षेत्रमा भएको कक्षा १० मा पढदै गरेकी अन्जली ले पढाइ र अभिनय लाई एकै साथ अगाडि बढाउने लक्ष्य राखेकी छिन ।

Anjali Shahi ठकुरी ले अध्ययन  पूरा भै सके पछि आफू अभिनय को क्षेत्र मा खुलेर लाग्ने बताइन  अन ले भबिस्य मा पार्बती राई जस्तै डान्सर र रेखा थापा जस्तै चर्चित नायिका बनेर सबैको मन मुटुमा बस्ने इच्छा रहेको बताइन ।सानै उमेर मा यो क्षेत्रमा सफलता पाइरहेकी अन्जली लाई  हाम्रो बिहानी अनलाईनको तर्फ बाट धेरै धेरै शुभकामना छ ।