अखिल क्रान्तिकारीले स्ववियु चुनावमा भाग लिने

जंग बहादुर रेउले ,
घोराही , फागुन,११- नेपाल कम्यनिष्ट पार्टी निकट अखिल  क्रान्तिकारीले दाङको महेन्द्र बहुमुखीमा स्ववियु चुनावमा भाग लिने भएको छ । फागुन १८ गते हुन लागेको स्ववियु निर्वाचन नजिकिदै गर्दा अखिल क्रान्तिकारीले महेन्द्र बहुमुखी क्याम्पसमा आज( बुधबार) संगठन दर्ता गरेको हो ।

त्रिविले स्ववियु निर्वाचनको तालिका जानकारी विनानै बाहिर सार्वजनिक गरेको भन्दै गत माघ २६ गते केन्द्रिय कार्यक्रम अनुरुप नै अखिल क्रान्तिकारी र राप्रपा विद्यार्थी संगठनले संयुक्त विज्ञप्ती जारी गरी ताला लगाएका थिए । केन्द्रबाट केहि दिनमा ताला खोल्ने सर्कुलर जारी भएता पनि दाङमा भने अझै सम्म ताला नखुलेको तर जिल्लाका पदाधिकारीहरु संग छलफल गरी ताला खालिने अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पसका इकाई संयोजक अनिल केसीले जानकारी दिएका छन ।

त्यस्तै स्ववियुको निर्वाचन नजिकिएता पनि अहिले सम्म ५ संगठन मात्र दर्ता भएको निर्वाच समितिले जानकारी दिएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी , नेपाल विद्यार्थी संघ , नयाँ शक्ति विद्यार्थी यूनियन र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन  क्रान्तिकारी० रहेका छन ।