काठमाडौं क्षेत्र नं. २ मा माधव नेपाल निर्वाचीत

काठमाडौं,मंसिर,२३-

काठमाडौं क्षेत्र नं. २ बाट एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाल २७ हजार ३ सय ६६ मत ल्याउँदै विजयी हुनुभएको हो ।

नेपालका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिपक कुइँकेलले १४ हजार ९ सय २ मत ल्याउनुभयो । त्यस्तै, विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३६ मत ल्याएका थिए ।