वडा न. १२ मा बालमैत्री अभियान तिब्र

ज्ञानु सङ्गम खड्का/
नेपालगन्ज,चैत,१५ –
नेपालगन्ज उपमहानगरपालिका वडा न.१२ मा बालमैत्री घोषणा अभियान लाई तिब्रता दिइएको छ।सो अभियानको क्रममा बुधबार सेन्ट थोमस मा बि मा बिधालय स्तर बालक्ल्ब गठन गरिएको छ।उक्त बिधालय मा प्रज्वल शर्मा को अध्यक्षतामा १३ जना को कार्यसमिती निर्माण गरिएको छ।

जसमा उपाध्यक्ष आरती थारु,सचिव सुभान्सु बर्नावाल,सहसचिव प्रमिला पौडेल,कोषाध्यक्ष अनन्या चौधरी साथै सदस्य दिब्या शाही,सुस्मिता पौडेल,गुरु न्यौपाने,प्रभात यादव,आर्यान श्रेष्ठ,पुनम बडुवाल,कृति शाक्य र दृष्टि शाक्य लगायत को समूह गठन गरिएको छ।

बालबालिकाको हक अधिकार स्थापित गर्नको लागि वडा न १२ निकै अगाडि बढीरहेको भन्दै बालबालिका हरु पनि बालक्ल्ब मा आवद्ध भइ बालमैत्री स्थानीय शासन को बारेमा जागरुप हुन जरुरी रहेको वडा सद्स्य एवम बालमैत्री स्थानिय शासन स्रोत ब्यक्ती दिनेश राज पन्तले बताउनुभयो।

उक्त कार्यक्रममा बालअधिकार्मी साहिल अन्सारीले बालबालिका आफै पनि अधिकार को बारेमा सचेत भै समाजमा भैरहेको बालबालिका माथी हिंसा दुव्र्यवहार लाई अन्त गर्न सचेत हुन जरुरी रहेको उहाँको भनाइ छ।

उक्त बिधालय स्तरको बाल्कल्ब को सरक्षक को रुपमा सोही बिधालयका शिक्षक शन्कर कुमार श्रेष्ठ लाई तोकिएको छ उक्त बालक्ल्ब नेपालगन्ज वडा न १२ को दसौं बालक्ल्ब को रुपमा सेन्ट थोमस बालल्क्ल्ब भएको बाल्मैत्री स्थानीय शासन सहजकर्ता राजेन्द्र बिष्टले बताउनुभयो ।