नेपालमा एकैदिन १६८ जनाको मृत्यु,९ हजार २३८ जनामा संक्रमीत थपिए

काठमाडौं,बैशाख,२९-नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १६८ जनाको मृत्यु भएको जानकारी दिनुभएको हो ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२५२ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६२ पीसीआर परीक्षणबाट ९ हजार २३८ जनामा कोरोना पुष्टि भएको छ ।

उनका अनुसार एन्टिजेन विधिबाट गरिएको ४२४ नमुना परीक्षणमा ६७ जनामा पोजिटिभ देखिएको छ ।यस्तै २४ घण्टामा ४ हजार ४४४ संक्रमणमुक्त भएका छन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।जसमध्ये ७ हजार २९१ जना संस्थागत आइसोलेसनमा र ९४ हजार ३४३ जना होम आइसोलेसनमा रहेको छन् ।