अक्सिजन नपाउँदा बुटवलको कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत पाँच जनाको मृत्यु

फाईल तस्विर !!

बुटवल,बैशाख,२९-रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा पाँच जनाको मृत्यु भएको छ ।

आधा घण्टा ढिलो अक्सिजन आपुर्ति हुँदा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृत्यु भएको हो ।

अस्पतालमा माग अनुसार अक्सिजन नभएको र अन्यत्रबाट आउनुपर्ने अक्सिजन ढिला हुँदा अक्सिजन सप्लाई रोकिएर संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा आईसीयूमा १६ जना उपचाररत थिए । ती मध्ये पाँच जनाको मृत्यु भएको हो ।उद्योगबाट आपूर्ति भएपछि अरु बिरामीले भने अक्सिजन पाएका छन् ।