NRNA जापानको मतदानको नतीजा सार्वजनिक को को भय बिजय।।

फुकुओका ,जापान,भदौ,१८-
नयाँ नेतृत्वको लागि सम्पन्न गैरआवासीय नेपाली संघ (२०१७-१९)को जापानको मतदानको नतिजा सार्वजनिक भएको छ ।निर्वाचन समितिले निर्धारण गरेको समयअनुसार आइतबार बिहान १० वजेर २० बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेर २० मिनेटमा जादा सकिएको थियो ।

सोही अबधिमा अनलाइन भोटिङमार्फत निर्वाचनमा जम्मा ७ हजार ५०३ मत मात्र खसेको थियो ।मतदानका लागि एनआरएनए जापानको मतदानबाट २ उपाध्यक्षद्धयमा शिवप्रसाद पौडेल र सरोजकुमार खत्री, सचिवमा जनकविक्रम शाही, महिला सदस्यमा

शिर्जना पाण्डे, खुल्ला सदस्यहरू हस्त लामा,नारायण खड्का, वालकृष्ण कडेल्,लालबहादुर रावल,राजन पौडेल विजयी भएका छन् ।नेतृत्वमा पुग्नका लागि उपाध्यक्षमा ५, सचिवमा २, महिला सदस्यमा ३ र केन्द्रीय सदस्यमा २१ जनाको उम्मेदवारी परेको थियो ।

यसअघि अध्यक्षमा टासी वाङ्दी लामा, बरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी, महिला उपाध्यक्षमा अनिता गुरुङ , महासचिवमा बुद्धिराज घिमिरे, कोषाध्यक्षमा कालिका थापा र सह कोषाध्यक्षमा रामथापा सर्बसम्मत चयन भइसकेका छन् । र नयाँ कार्यसमितीको सम्पूर्ण लाई देस बिदेस बाट शुभ कामना को साथै नयाँ कार्यकालको लागि बधाई दियका छन।