नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए विपक्षी दलहरूको बैठक

काठमाडौं,बैशाख,२८-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न आज (मंगलबार) विपक्षी दलहरूको बैठक राख्नुहुने भएको छ ।

कांग्रेसका एक नेताका अनुसार राष्ट्रपतिले दिएको समयसीमाभित्र के कसरी नयाँ सरकार गठन गर्ने भन्ने विषयमा छलफल गर्न सभापति देउवाले आफ्नो पार्टीका शीर्ष नेतासहित नेकपा माओवादी केन्द्र, जसपालगायत दलका शीर्ष नेतालाई दिउँसो २ बजे आफ्नै निवास (बूढानीलकण्ठ) मा बोलाउनु भएको हो ।

हिजो सोमबार संसदमा विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदबाट हटेका छन्। त्यसलगत्तै सोमबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरिसकेकी छन्। त्यसका लागि यही वैशाख ३० गतेसम्मको समय दिइएको छ।

rastraptipress