नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा दलहरुलाई आह्वान

काठमाडौं,बैशाख,२७-राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको छ ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) अनुसार वहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नु भएको हो ।

उहाँले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई बिहीबारका साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश गर्न भन्नु भएको छ।

संसदमा विश्वासको मत गुमाएपछि केपी शर्मा ओली पदमुक्त भएका छन्।

rastapati press27