प्रदेश राजधानीको माग गर्दै नेपालगन्जमा र्याली

डम्मर थापा मगर/

बाँके,माघ,५-

प्रदेश राजधानीको माग गर्दै आज नेपालगन्जमा ¥याली निकालिएको छ । विभिन्न पेशाकर्मीहरुको व्यवसायीक सञ्जाल पापड नेपालगन्जको नेतृत्वमा आज दबाब र्याली निकालिएकोे हो ।

उच्च अदालत बारको कार्यालयबाट शुरु भएको र्यालीले नगरको परिक्रमा गरेको पापडका अध्यक्ष बलबहादुर चन्दले बताउनुभयो । ¥यालीमा राजनीतिक दल, नागरिक समाज तथा सम्पुर्ण पेशाकर्मीहरुको सहभागिता रहको थियो ।

सरकारले बुटवललाई पाँच नम्बर प्रदेशको राजधानी तोकेपछि असन्तुष्ट बाँकेबासीले राजधानी घोषणा गर्नुपर्ने माग अघि सारेर आन्दोलनमा उत्रिएका हुन ।