नेपालगंजको मुहार फेर्नलाई नै मेयरमा उठेको हुँ :डा. कनोडिया

आफुले राजनीतीलाई व्यवसायको रुपमा नभई सेवाको रुपमा हेरेको भनाई

मधुपौडेल,

बाँके,जेठ,२९-

यही आउदो असार १४ मा हुने नेपालगंज उपमहानगरपालिका मेयर तथा उपमेयर लगायत वडाहरुका उमेदवारहरुको जित सुनिश्चित भै सकेको र निर्वाचनबाट उक्त कुरालाई बैधानिकता दिन मात्र बाकी रहेको बताएका छन । नेपाली काँग्रेसका बाँके क्षेत्र न २ ले आयोजनामा भएको एक छलफल कार्यक्रममा उक्त कुराको बताइएको हो ।

कार्यक्रममा बोल्दै नेपालगंज उमहानगरपालिका मेयरका प्रत्यशी उमेदवार नेपाली काग्रेसका प्रवाभशाली नेता डा सुरेश कुमार कनोडियाले आफु नेपालगंजको मुहार फेर्नलाई नै मेयरमा उठेको बताउनु भएको छ । डा. कनोडियाले राजनितिलाई आफुले व्यवसायको रुपमा नहेरेर यसलाई एउटा सेवाको रुपमा लिएको बताउनु भएको छ ।

उहाले कस्ले के गर्छ भन्ने कुरालाई लिएर हिड्नु भन्दा पनि नेपाली कांगे्रस मात्र एउटा पार्टि हो जसले काम गरेर मात्र बोल्ने गर्छ । आफुलाई मेयरमा विजय गराउने कुरामा विश्वास भएको बताउदै डा. कनोडियाले नगरपालिकाबाट प्राप्त हुने कुनै पनि रकम भत्ता आफु नलिने तथा नेपाली काँग्रेसकाबाट जति पनि उम्मेदवारहरु बन्नु भएको उहाँहरुले नलिने कुरामा नलिने बताउनु भएको छ ।

कांग्रेस भनेको पुरानो पार्टी तथा यसका धेरै विधाहरु भएको हुदाँ नेपालगंज नगरका नगरवासीहरुको पिर मर्का नै आफ्नो भएको डा. कनोडियाले बताउनु भएको छ ।

मेयरका उमेदवार कनोडिया भन्नु भयो“मैले आफुले जिते भने नेपालगंज उपमहानगरपालिमा कुनै टावर बनाउने भन्दा पनि यहाँ सडकमा रहेको खाल्डोलाई पुर्ने काम गर्नेछु र यसमा मेरो केही आधारहरु पनि रहेका छन ।

जस्तो काँग्रेसका भनेको ठुलो पार्टी हो यसको सत्ता साझेदारीमा बलियो अर्थ राख्दछ , कांग्रेस एउटा कार्यक्रता धेरै भएको पार्टि हो यसले ल्याएका सबै कार्यक्रमहरु लागु गर्ने सक्ने हैसित राख्दछ , अर्को कुरा कांग्रेसले कसैलाई पनि पाखा र काखा गर्ने काम गर्दैन ,नेपाली कांगे्रस मात्र एउटा त्यस्तो पार्टि हो जसले जनताको भावना बुझ्ने र त्यस अनुरुपको काम गर्दछ ।

मेयरका उमेदवार डा. कनोडियाले अन्य पार्टिका धेरै साथीहरु नेपाली कांगे्रसलाई नै मान्न तयार भएको हुदा आफुहरुको जित सुनिश्चित भएको बताउनु भएको बताउनु भएको छ ।

यसैगरी नेपाली कागे्रस बाके नेपालगंज उपमहानगरपालिका नगर सभापति प्रशान्त विष्टले अन्य पार्टिहरुले आफुहरुलाई निकै राष्ट्रबादि पार्टि ठान्ने गरेको भए पनि नेपालमा नेपाली कांगे्रस बाहेक कुनै पनि पार्टि सच्चा राष्ट्रवाद हुनै नसक्ने ठोकुवा गर्नु भयो ।

सभापति विष्टले नेपाली कांग्रेसका मात्र विपिको सिद्धान्तलाई टेकेर अगाडि बढ्ने गरेको बताउनु भयो । उहाले आफुहरुले मात्र विपि जो सच्चा देशभक्ति र राष्ट्रवादको रुपमा चिन्छौ उहाँको तस्विर प्रत्येकको मन मुटु भएको हुदाँ अन्य दल जस्तो लेनिनवाद र माओवाद मान्ने गरेका छन ।

जो हाम्रो नेपाली मुलुकको नभै नेपाल बाहिरका आयतित भएको हुदाँ नेपाली कांग्रसबाहेकले आफुलाई राष्ट्रवादको नारा लिएर आउनुमा कुनै अर्थ नभएको बताउनु भएको छ ।सभापति विष्टले नेपाली कांगे्रस नै यस्तो पार्टि हो जसले टोपी ,धोतीको सम्वन्धलाई बुझेको र बुझ्ने हैसित राख्दछ ।

उहाँले अगाडि भन्नु भयो,“ इतिहास साक्षी छ नेपाली कांगे्रसको अग्रणी भुमिका बाटै सबै आन्दोलनहरु सफल भएको र संविधान प्राप्त गरेका हो ।(मेयरका प्रत्याशी डा. सुरेश कुमार कनोडियालाई देखाउदै) हाम्रा मेयरका उमेदवार भनेका नेपाली काँग्रेसका मात्र उमेदवार नभैको साझा उमेदवार भएको र मेयरले प्राप्त गर्ने जति पनि भत्ता तथा अन्य सुविधाहरुको बारेमा सार्वजानिक गरीने र प्राप्त रकमलाई जनताको भवाना अनुसारको लगानी गरीने छ ।

कार्यक्रममा महासमिति सदस्य द्धय राकेश श्री वास्तव र राजकुमार वर्मा , महाधिवेशन प्रतिनिधि फन बहादुर गुरुङ, क्षेत्रिय सभापति रमेश गुप्ता , तरुण बाकेका सभापति विरेन्द्र कुमार शाह, तरुणदल क्षेत्रिय सभापति धनराज वर्मा लागएताका बुध सभापति तथा अध्यक्षका उमेदवारले अव नयाँ रणनितिका साथ कसरी जाने भन्ने कुरामा छलफल गरेका थिए   ।

कार्यक्रमको सहजीकरण क्षेत्र न २ का नेपाली कांग्रेस क्षेत्रिय सभापति शिव कुमार वर्माले गर्नु भएको थियो । उक्त छलफलकार्यक्रममा क्षेत्र न २ का वडाका अध्यक्ष तथा बुध सभापति लगाएत सदस्य उमेदवारहरुको उपस्थित रहेको थियो ।