ओखलढुंगाको उच्च हिमाली भेगमा हिमपात

सिर्जना बर्देवा/ 
ओखलढुंगा,माघ,११-
ओखलढुंगाको उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । बुधबार बिहान भएको बर्षाका कारण हिमपात भएको हो । हिमपातले सो क्षेत्रको जनजिबन प्रभाबित बनेको छ ।हिमपात पछि जिल्लामा एकाएक चिसो ह्वात्तै बढेको छ ।

चिसोले बिशेषगरी सर्बसाधरण नागरीकलाई प्रत्यक्ष असर पुर्याएको स्थानियले बताएका छन् । जिल्लाको खिजिकाती, खिजिफलाटे, पात्ले, श्रीचौर लगाएतका क्षेत्रमा भारी हिमपात भएको जनाएको छ । जसका कारण सो क्षेत्रका नागरिकहरु घरबाहिर निस्कन नसकेको खिजीफलाटेका स्थानीय मिलन सुनुवारले बताए ।

चिसोका कारण भुकम्प प्रभाबित परिवारहरु बढि मारमा छन् । पानीसंगै परेको हिमपातले जस्ता तथा सिद्राले बारेका टहराहरुमा बस्दै आएका भुकम्प पीडितको दैनिकी कष्टकर बनेको हो । जस्ता तथा सिद्राले बाहारेको टहराहरुमा हिउले ढाकेर सेताम्मे भएको सोहि स्थानका अर्का स्थानिय फडिन्द्र सुनुवारले बताए ।