नेपालगन्ज उपमहानगरपालिकाको नगरसभा फेरि अनिश्चित

डम्मर थापा मगर/

बाँके,कार्तिक,२१-
भोलीका लागि तय गरिएको नेपालगन्ज उपमहानगरपालिकाको नगरसभा फेरि अनिश्चित बनेको छ । तयारी नपुगेको भन्दै मिति नै टुङ्गो नलागेर नगरसभा सारिएको हो । 

यसअघि भदौ २८ गतेका लागि तय गरिएको नगरसभा तयारी नपुगेको भन्दै कार्तिक २२ गते गर्ने भनेर बोर्ड बैठकले मिति टुङ्ग्याएको थियो ।

केही वडाहरुले वडा भेला सम्पन्न नगरेका कारण भोली हुने नगरसभा स्थगित भएको उपमेयर उमा थामामगरले वताउनुभयो । वडा नम्वर ४, ८ र १७ ले अझैसम्म पनि वडा भेला गर्न सकेका छैनन् ।

नगरको बोर्ड बैठकले कार्तिक १२ गतेसम्म वडा भेला सम्पन्न गर्न वडाअध्यक्षहरुलाई निर्देशन दिएको थियो ।