बाँकेको नेपालगंजमा धुमधामका साथ मोहम्मद डे मनाउँदै

नेपालगन्ज,मंसिर,५-
ईस्लामिक धर्मका अन्तिम प्रवक्ताका रुपमा मानिने मोहम्मद सल्लल्लाहो अलैह बसल्लम १४४० अौं हिजरी उत्सव नेपालगन्जमा पनि धुमधामका साथ मनाउँदै गरिएको छ ।

मोहम्मद डे प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपालगन्जमा बाजागाजा सहित जुलुस निकाली शहर परिक्रमा गरेर मनाईरहेको छ । कोही पैदल, कोही गाडीमा त कोहीले मोटरसाइकलमा र्याली निकालेका छन् ।

ईस्लामिक क्यालेन्डर अनुसार प्रत्येक वर्षको रबिउल अव्वलको ११ तारिखमा ईस्लाम धर्मावलम्बीले रातभर जागरण बसी अल्लाहको पूजाआजा गर्ने गर्दछन् । त्यसै गरी १२ तारिखमा नगर परिक्रमा गरी मस्जिदमा कोणसभा गरी समापन गर्ने गरिन्छ ।