उपचारका मृत्यु भएकाका आफन्त र नेपालगन्ज मेडिकल कलेज प्रशासनबीच विवाद कायमै

नेपालगञ्ज, फागुन २-गएको माघ २९ गते सवारी दुर्घटनामा गम्भीर घाईते भई उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएका एकजनाका आफन्त र मेडिकल कलेज प्रशासनबीच विवाद भएको छ । सवारी दुर्घटनामा घाइते भएका बर्दिया बाँसगडी– १ का लक्ष्मण डाङ्गीका आफन्त र अस्पताल प्रशाुनबिच आज हुने भनिएको बार्ता स्थगित भएको छ ।

हिजो दिनभर आफन्त र मेडिकल कलेज प्रशासनबीचको वार्ता निष्कर्शमा पुग्न नसकेपछि आज हुने भनेको बार्ता अस्पताल प्रबन्धक डाक्टर शुरेस कनौडिया उपस्थित हुन नसकेपछि भोलिका लागि सारिएको हो । दुर्घटनामा घाईते डाङ्गीको समयमा उपचार नहुँदा चार घण्टापछि मृत्यु भएको र अस्पतालको लापरवाही भएको आफन्तको दावी छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेका अनुसार अस्पताल प्रशासनले लापरवाही नभई दुर्घटनामा गम्भीर चोट लागि रक्तश्रापका कारण मृत्यु भएको बताउँदै आएको छ । आफन्तले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । भे ६ प ६६५९ नम्बरको मोटरसाईकलबाट कोहलपुर हँदै  घरतर्फ जाँदै गर्दा डाङ्गीको शनिबार साँझ दुर्घटनामा परेका डाङ्गीको उपचारका क्रममा गयराती नै मृत्यु भएको थियो ।